राप्तिमा आँखा स्वास्थ्य शिक्षा तालिम

  • राप्तिमा आँखा स्वास्थ्य शिक्षा तालि
    जेठ २४ गते ।
    राप्ती नगरपालिकाका विद्यालय नर्स तथा शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । नेपाल नेत्र ज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजनामा बुधबार तालिम दिइएको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको आँखा सम्बन्धी समस्याको पहिचान गरी निराकरणको लागि उपचारमा अस्पताल जानको लागि प्रोत्साहन गर्ने भूमिकामा सकृयता देखाउन सक्ने उदेश्यका साथ तालिम दिइएको नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्य समिति सदस्य के एन सिलवालले बताए । तालिममा समुदाय नेत्ररोग विशेषज्ञ प्रा.डा सुनु दुलाल,बरिष्ट नेत्र अधिकृत रमेश घिमिरे , नेत्र सहायक आयुष पौडेलले प्रशिक्षण दिएका थिए ।
    कार्यक्रममा राप्ती नगरपालिकाका शिक्षा अधिकृत रविना देउजाको सहित ४४ जना सहभागी थिए ।
    सोही किसिमको तालिम बिहीवार खैरहनी नगरपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयमंसेविकाहरूका लागि भुवानीशंकर कलेजमा आयोजना गरिएको नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्य समिति सदस्य सिलवालले जानकारी दिए ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker