म्याङ्गो जनज्योती हल द्वारा आयोजित रमझम साँझ भव्यरुपमा सम्पन्न (फोटो फिचर)

म्याङ्गो हलले पर्सा, खैरहनीमा गरेको नयाँ वर्ष रमझम साँझ २०२० सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर एमएस मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रालिको व्इवस्थापन तथा सोही मिडियामार्फत् सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योति सिनेमा हलको संयुक्त आयोजनामा सोमबार पर्सामा रहेको म्याङ्गो हलमा नयाँ वर्ष रमझम साँझ २०२० कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रमका संयोजक तथा हलका सञ्चालक नारायण श्रेष्ठले नेपालीको आवाज र म्याङ्गो हलले सामाजिक उत्तरदायित्वको कार्यअन्तर्गत धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई केही सहयोग होस् भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले पूर्वीचितवनको खैरहनीमा यति ठूलो सिनेमा हल सञ्चालनमा आएकोमा बधाई व्यक्त गरिन् । उनले अनलाइन सञ्चालन गर्ने संस्था र सिनेमा हलले व्यावसायिक धर्म र कर्मभन्दा माथि उठेर धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि केही सहयोग गर्न सकियोस् भनेर कार्यक्रमको आयोजना गरिएको मा धन्यवाद व्यक्त गरिन् ।

उपप्रमुख थपलियाले खैरहनी नगरपालिकाले पनि रंगशालालाई केही न केही सहयोग गर्ने सोच बनाइरहेकोले केही दिनमा सो विषयमा निर्णय सार्वजनिक गर्ने जिकिर गरिन् ।

खैरहनी नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि टेकबहादुर थापाले कार्यक्रमको उद्देश्यप्रति आफूलाई खुसी लागेको बताए । उनले रंगशाला बन्नु चितवनवासीको गौरवको कुरा भएको बताउँदै त्यसमा वडा कार्यालय र नगरपालिकाको तर्फबाट सहयोग हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । थापाले वडा नं ८ मा यति ठूलो र सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएकोप्रति पनि खुसी व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा म्याङ्गो जनज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेतीले पूर्वी चितवनको खैरहनीमा करौँडोको लगानीमा डिजिटल सिनेमा हल सञ्चालनमा ल्याउनु आफैँमा चुनौतीको कुरा भए पनि त्यसलाई झेल्दै अहिले यो अवस्थामा आएको बताए ।

उनले म्याङ्गो हल र नेपालीको अवाज डटकमसँग मिलेर पहिलो कार्यक्रम गरेको जानकारी दिँदै कार्यक्रमको सफलताले आफूहरुमा उर्जा मिलेकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने जिकिर गरे । उप्रेतीले कार्यक्रमको उद्देश्य नाफा कमाउनु नभई रंगशाला निर्माणमा सहकार्य गर्नु रहेको बताउँदै यस्ता सामाजिक कार्यमा पनि सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम व्यवस्थापन गरेको संस्था एमएस मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रालि तथा नेपालीका आवाज डटकमका अध्यक्ष महेश पाण्डेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अनलाइन सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्नेमात्र नभई सहयोगी भावना राखेर पनि यस्ता कार्य गर्न आवश्यक रहेकाले म्याङ्गो हलसँगै हातेमालो गर्दै कार्यक्रमको आयोजना गरेको बताए ।

उनले धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालकै गौरवको परियोजना भएको बताउँदै अझ चितवनमा नै बन्नु चितवनवासीका लागि झनै महत्वपूर्ण भएकाले दिल खोलेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष पाण्डेले कार्यक्रमबाट उठेको रकममध्ये सामान्य खर्च कटाएर सबै रंगशालालाई हस्तान्तरण गर्ने जानकारी दिँदै नेपालीको आवाज डटकम र म्याङ्गो हलको सो पहिलो कार्यक्रम भएता पनि अबको ३-३ महिनामा मिलेसम्म यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सहयोगी तथा सामाजिक अभियन्ता अर्जुन भुसालले रंगशाला सहयोगार्थ कार्यक्रमको आयोजना गरिएकोप्रति धन्यवाद दिँदै पूर्वी चितवनमा पनि रंगशालाप्रतिको सहयोगको भावना सो कार्यक्रमले जागृत गराउने विश्वास व्यक्त गरे । उनले जनस्तरबाट रंगशाला निर्माणको अभियान सुरु भएकोमा अब बिस्तारै बिस्तारै माहोल बनेको जानकारी दिँदै जसले जसरी सक्छ त्यसरी नै सहयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रमका मुख्य कलाकार लोकगायक मिलन लामाले आफूले पाएको पारिश्रमिक २० हजार रुपैयाँमध्ये १५ हजार रुपैयाँ रंगशालालाई प्रदान गर्न आयोजकलाई नै आग्रह गरे । उनले अब रंगशाला निर्माणमा सबै कलाकारको पनि साथ र सहयोग रहनुपर्ने धारणा राख्दै त्यसको लागि बिस्तारै माहोल बनिरहेकोमा खुसी पनि व्यक्त गरे । गायक लामाले करिब एक घन्टा आफ्ना नया तथा पुराना चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकले दह्रो साथ दिएका थिए । स्टेजमै लामासँग नव प्रतिभाका रुपमा उदाउँदै गरेकी लोकगायिका तथा कार्यक्रम प्रस्तोता मुना अर्यालले दोहारी गाएर साथ दिएकी थिइन् ।

कार्यक्रमका अर्का आकर्षण हाँस्य कलाकारद्वय सुबोध गौतम (यदुमे) र सुरज वाग्ले (भीरखोइरे)ले स्टेजमा दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । गौतम र वाग्लेले संयुक्तरुपमा स्टेजमा कमेडी गर्दा दर्शकको हाँसोको फोहोरा छुटेको थियो । उनीहरुले स्टेजमा करिब एक घन्टा ३० मिनेट आआफ्ना हाँस्यव्यंग्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र सापकोटा, नेपाली कांग्रेस खैरहनीका सभापति शशि खनिया, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपीन पोख्रेल, सेन्ट्रल कलेज अफ टेक्नोलोजीका संचालक तथा समाजसेवी वाईवी पौडेल, सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल, जनज्योति टोल सुधारका अध्यक्ष ध्रुव अर्याल, प्याप्सन खैरहनीका संयोजक टेकराज अधिकारी, प्याप्सन राप्तीका संयोजक रामकृष्ण पन्त, क्वेष्ट मोडल कलेजका प्राचार्य जगदीशचन्द्र शर्मा, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष प्रकाश शर्मा, अनेरा स्ववियु केन्द्रीय कमिटी सदस्यस्वरुप सुयललगायतको उपस्थिति रहेको थियो ।

हलका सञ्चालक केशव अर्यालले कार्यक्रमको लागि गरिएको तयारीअनुसार नै कार्यक्रम सम्पन्न भएकोमा आफूमा अझ अर्को कार्यक्रम गर्ने उर्जा मिलेको बताए । अर्यालले पूर्वी चितवनको पर्सामा पहिलो र एकमात्र डिजिटल प्रविधिसहितको हल खुलेको र सो हलमा यस्ता कार्यक्रम पनि गर्न मिल्छ भन्ने सन्देश सो कार्यक्रमबाट गएकोमा खुसी पनि व्यक्त गरे ।

उनले कार्यक्रमको लागि मुख्य प्रायोजक नेपालको कफी नेप्स कफी, टिकट सौजन्यः बाजाज कम्पनीको पर्साको लागि आधिकारिक बिक्रेता आशिर्वाद अटो मोबाइल प्रालि, प्रायोजकहरु क्रमशः भीमकृष्ण ट्रेडिङ हाउस, डिजिटल आल्मुनियम एण्ड स्टिल फिटर, सांग्रिला एजुकेशन कन्सलटेन्सी, न्यू प्रभु म्याग्दी सुनचाँदी पसल, डेकोर वोल्ड सिएस इन्टरप्राइजेज, माउन्टेन ड्रप, फोब्स कलेज तथा ज्ञानसुधा टेक्निकल कलेज, डिज्नी वल्र्ड रिसोर्ट, वाईएसी साउण्ड सिस्टम, मायाको चिनो सौजन्य टेकबहादुर रायलगायतका रहेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

नेपालीको आवाज डटकमका कार्यकारी निर्देशक ध्रुवराज लामिछानेले अनलाइनले पत्रकारितासँगै यस्ता नाफारहित कार्यक्रम गर्दा निकै चुनौती हुने भए पनि सो चुनौतीको सामना गर्दै कार्यक्रम भव्यरुपमा सम्पन्न भएकोमा निकै हर्षित रहेको जिकिर गरे ।

बेलुका ६ बजेदेखि सुरु भएर राति ९ बजे सम्पन्न भएको सो कार्यक्रमको मिडिया पार्टनर ग्रेट एफएम, लोकप्रिय खबर डटकम, जनता मिडिया, सौराहा अनलाइनलगायतका रहेका थिए ।

https://www.facebook.com/sundar.upreti.5/videos/2892385290806078/

(यस कार्यक्रमको मिडिया पार्टनर लोकप्रिय खबर रहेको थियो । )

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker