रत्ननगर महोत्सवको तयारी पूरा, उप राष्ट्रपतिले उद्घाटन गर्ने

ध्रुवराज लामिछाने
पुष २३, चितवन । यही पुष २५ गतेदेखी सुरु हुने १० औं रत्ननगर महोत्सवको तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा प्रत्येक दुई वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।

महोत्सवस्थल टिकौली चौरमा बुधवार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पुरा भएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले बताए ।

पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ । रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञान वहादुर विसुरालले बताए । मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए ।

कार्यक्रममा संरक्षक संस्था रत्ननगर नगरपालिकाका तर्फबाट नगर उप-प्रमुख बिमला दुवाडिले रत्ननगर महोत्सब रत्ननगरमा आयोजित बिभिन्न राष्ट्रिय स्तरका कार्यक्रममा ब्यापक प्रचार प्रसार भईसकेकोमा खुशी ब्यक्त गर्दै आफु र आफ्नो संस्थाको सधैं अभिभावकत्व रहिरहने बताइन ।

रत्ननगर महोत्सबको मेला ब्यबस्थापनको संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले महोत्सब तयारी अब फाइनल टच मात्र बाँकी रहेको बताए । यसपालिको महोत्सबमा सेल्फी डाँडा तथा जिप लाईन फरक आकर्षणका रुपमा दर्शकले रुचाउने उनले आशा पनि ब्यक्त गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker