भिजिट नेपाल सफल पार्न नवलपुरका युवा सक्रिय हुदै

नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न नवलपुरका युवाहरु सक्रिय भएका छन् ।

“भिजिट नवलपुर २०२०” अन्तरर्गत रहेर युवाहरुले नवलपुर क्षेत्रका विभिन्न संघ संस्थामा अवद्ध व्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । नवलपुरका युवाहरु बाट संचालित ट्रन्सफरमेसन मिडिया, ड्याड नेपाल र सहयोगी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । भेलाका संयोजक तिर्थराज काफ्लेका अनुसार नवलपुरका युवाहरुको पौष २६ गते शनिवार यसै विषयमा छलफल गर्दैछन् । जहाँ “भिजिट नवलपुर २०२०” सफल बनाउन युवहरुले के गर्ने भन्ने बारेमा योजना समेत तयार गर्नेछ । संगै नवलपुरमा दोस्रो जिल्ला युवा उत्सवको समेत आयोजना हुने मिति तोक्ने छ । उत्सवमा भिजिट नवलपुर, उद्यमशिलता र दिगो विकासका लक्ष्य सहित युवाको मुद्धमा केन्द्रित हुनेछ । संयोजक काफ्लेका भने नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा युवाको छ नवलपुरको पर्यटन विकासमा युवाको महतोपुर्ण भुमिका रहन्छ । त्यसकारण पर्यटन केन्द्रित कार्यक्रम सहितको यस पटकको युवा उत्सव केन्द्रित रहने छ । जसको लागि स्थानीय, प्रदेश र केन्द्रि सरकार संग पनि सहकार्य हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker