डिप्रोक्स लघुबित्तबाट रत्तदान कार्यत्रम सम्पन्न

भरतपुर १० ,चितवन

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले   १९ औं स्थापना दिवसको उपलक्ष्यमा केन्द्रीय कार्यालय भरतपुर चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

   कार्यक्रमको अध्यक्षता नि.प्रमुख कार्यकारी अधिकृत श्री हेमकुमार काफ्ले र प्रमुख अतिथिमा भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष श्री अरुण पिडीत भण्डारी रहनु भएको थियो । कार्यक्रममा मुख्य प्रबन्धक श्री हरिप्रसाद आर्चायले स्वागत मन्तव्य दिनुभएको थियो र कार्यक्रम सञ्चालन प्रबन्धक बुद्विराज घिमिरेले गर्नु भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा यस संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीहरु, चितवन र नवलपरासी शाखा कार्यालयका कर्मचारीहरु तथा विभिन्न टोलसुधार समिति, सघंसंस्था र व्यक्तिगत रुपमा उल्लेख्य व्यक्तिहरुको सहभागीतामा रक्तदान जीवनदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । साथै संस्थाको स्थापना दिवसकै उपलक्ष्यमा कर्मचारीहरु मध्ये २०७६ सालको एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने दुई दुई जना छोरा छोरीहरुलाई नगद पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker