महोत्सवमा मनोज गजुरेलको प्रहसन

पुस २५ गतेदेखि रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको १०औँ रत्ननगर महोत्सवमा सोमबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

महोत्सवमा हास्य कलाकार मनोज गजुरेलले प्रहसन मार्फत दर्शकहरुलाई भरतपुर मनोरञ्जन प्रदान गरे । उनले विभिन्न व्यक्तिहरुको नक्कल गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै महोत्सवमा जादुगर बलराम सरकारले समेत आफ्नो जादु देखाएर दर्शकलाई मोहित पारेका थिए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार राष्ट्रिय कलाकार भुवन प्यासी, सुनीता अधिकारीलगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा आइतबार नै स्थानीय कलाकारहरु अजय लामा, सुमन सिलवाल, नारायणी सिङ्गीङ आइडल विजेता लक्ष्मण चापागाई, रत्ननगर कला केन्द्रको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए ।

महोत्सवमा  मंगलबार राष्ट्रिय लोक दोहोरी गायक कुलेन्द्र विक सहितका कलाकारहरुको प्रस्तुति रहने हमालको भनाइ छ । त्यस्तै अन्डर ग्राउण्ड डान्स एकेडेमीसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने हमालले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker