कुलेन्द्रले नचाए दर्शक

चितवन, २९ पुस

रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज मंगलबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्नो प्रस्तुति राखेका छन् ।

विकले उनको चर्चित गीत सालको पातको टपरी हुनी… लगायतका गीतहरु गायर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । विकले आधा दर्जन भन्दा बढी गीतहरुबाट महोत्सव अवलोकलनका लागि उपस्थित दर्शकलाई मनोरञ्जन दिएका कलाकार व्यवस्थापन समितिका सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकको टिकौली चौरमा पुस २५ गतेदेखि शुरु भएको १०औँ रत्ननगर महोत्सवमा आज मंगलबार नेत्रजी पन्त र अन्डरग्राउण्ड डान्स एकेडेमीको प्रस्तुति रहेको हमालले बताए । त्यस्तै, महोत्सवको सांस्कृतिक कार्यक्रममा भोलि बुधबार प्रकाश सपुत, विन्दु परियार सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने हमालले जानकारी दिए ।

https://www.youtube.com/watch?v=hGA9esIxjEI

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker