केटिएम सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम भरतपुरको सि जि ल्याण्डमार्कमा

माघ ३, चितवन ।

सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो ।

केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत् प्राप्त गर्न सकिने छ । सिजी ल्याण्डमा सञ्चालनमा आएको उक्त सोरुमको यही माघ ७ गते औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सोरुमको बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै सञ्चालक फिलिप डिसीले नेपाली चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम राखिएको बताए । सो सोरुममा डिसीसंगै सुरज तिवारी, उत्तम गुरुङ र इन्द्रविक्रम थापाले करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

सामान्य वर्गका मानिस र हुने खानेहरुका लागि समेत मध्यनजर गर्दै सोरुममा कपडाहरु उपलब्ध हुने संचालक डिसीले बताए । उनका अनुसार चितवनको परिवेश अनुसार केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु पाईनेछ ।

नेपालभर ५० वटा पसल संचालन गरिसकेको सो प्रालिले चितवनमा आवश्यकता अनुसार पसल विस्तार गर्ने अर्का संचालक सुरज तिवारीले जानकारी दिए । पसलमा ९० रुपैयाँ देखिका कपडाहरु पाईन्छ । कपडा उत्पादनका लागि चिनबाट कच्चा पदार्थ ल्याउने गरेको पत्रकार सम्मेलनमा संचालक फिलिप डिसीले बताए ।

भरतपुरको सोरुम उद्घाटन कार्यक्रममा चर्चित गायकगायिकाहरु रामचन्द्र काफ्ले, जुनु रिजाल, हास्य कलाकारहरु नारद खतिवडा र पल्पसा डंगोल लगायतका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम समेत हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker