
काठमाडौं, ३ माघ —
मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो ।
मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उदेश्यका साथ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् ।
अवार्डमा सहभागिताको लागि माघ २ गते देखी आवेदन फाराम खुल्ला गरिसकेको छ । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतीको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उदेश्यले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको र यसको महत्व अझ बढने आशा आयोजक संस्थाले लिएको छ ।
उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। ‘मनोरंजन र सिर्जनशिलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आउनू भएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले ती व्यक्तिहरुलाई प्रोत्साहन एवम् हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छ’ अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए । त्यसैगरि, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशस् राज लुइटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई ब्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।
राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्गस नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यस अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” र विश्वको सातौ आश्चर्यमध्यको एक इजिप्टको पिरामिड शहर कायरोमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९”को भव्य समापन पश्चात दिल्लीमा “मोडल सङ्ग्स अवार्ड, २०२०” को आयोजना गर्न लागेको हो ।