रत्ननगर रोटरीले खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने

 

रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको छ । सामाजिक कार्यमा सधै अग्रिणी स्थानमा रहेको संस्था रोेटरी क्लब अफ रत्ननगरले यहि माघ ११ गते शनिवार रत्ननगरमा खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको हो ।

रत्ननगर रोटरी क्लबका अध्यक्ष बिपिन पोख्रेलले नेपाल सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन बिभिन्न कार्यक्रम गरि रहदा चितवनलाई चिनाउनसंगै सकारात्मक संन्देश प्रवाह गर्न साथै स्वस्थ्य जिवनका लागि दौड पनि आवश्यक छ भन्ने जानकारी दिननै मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्न लागिएको  पोख्रेलले जानकारी दिए ।

उनले म्याराथुन प्रतयोगिता पूर्वी चितवनको भण्डारा देखि रत्ननगरमा रहेको होटल स्टार बेन्क्युट सम्म करिब १५.४ कि.मि मा हुने जानकारी दिदै उक्त कार्यक्रममा करिब ३०० जनाले भाग लिने अनुमान गरिएको बताए ।

पोख्रेलले सो प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद सहिद मेडल, द्धितीय हुनेले २५ हजार नगद सहित मेडल, तृतीय हुनेले १५ हजार नगद सहित मेडल र प्रतियोगितामा भाग लिएर र दौड पुरा गर्ने सबैलाई नगद र प्रमाण पत्र प्रदान गरिने पनि जानकारी पनि दिए । उनले सो प्रतियोगितामा भाग लिन रोटरी सचिवालयको मोबाइल नं. ९८५५०५८६९५ वा सुर्य पौडेल ९८५५०८०९५६ र दिपेन्द्र चापागाई ९८४५०४३९५६ मा सम्पर्क गर्न सकिने जानकारी पनि दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker