मिस्टर एण्ड मिस थारुको फेशन शो

जारी खिचरा महोत्सवमा मिस्टर एण्ड मिस थारु २०१८ का विजेता तथा प्रतिस्र्धीहरुको फेशन शो आयोजना गरिएको छ ।

आज शनिबारको दिन मिस्टर एण्ड मिस थारु २०१८ का विजेता रोविन चौधरी र आकृति चौधरीलगायत प्रतिस्पर्धीहरु थारु साँस्कृतिक पोषाकमा सजिएर ¥याम्पमा उत्रिएका थिए ।

उनीहरुको प्रस्तुती देखेर दर्शकदिर्घाबाट हुटिङको वर्षा भएको थियो । उनीहरु एक्ला एक्लै र सामूहिक रुपमा ¥याम्पमा उत्रिएका थिए । फेशन शोसंगै उनीहरुले विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । जह इन्टरटेनमेण्टले आयोजना गर्दै आइरहेको मिस्टर एण्ड मिस थारुको तेस्रो संस्करण छिट्टै संचालनको तयारी गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker