चितवन नवलपुर राईसमिलको अध्यक्षमा पुन डल्लाकोटी

माघ ४ गते ।

चितवन नवलपुर राईस मिल समितिको अध्यक्षको पुन रामचन्द्र डल्लाकोटी चयन भएका छन् ।

समितिको शनिवार सम्पन्न १० औं अधिवेशनले डल्लाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा भीम प्रसाद भण्डारी,उपाध्यक्षमा तेजकुमार श्रेष्ठ,सचिवमा राजन घिमिरे,कोषाध्यक्षमा माधव पोखरेल चयन भएका छन् । सदस्यहरुमा राजकुमार श्रेष्ठ,परशुराम पाठक,निर्मला कडेंल,उषा सापकोटा र चन्द्रिका महतो चयन भएको निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।

लेखा समिति संयोजकमा राजेन्द्र प्रसाद गौडेल तथा सदस्यहरुमा उमेशनाथ रेग्मी र प्रशान्त चापागांई चयन भएका छन् । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष चिरञ्जिवी सुवेदी,उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा,देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा,राईस मिल समितिका पूर्व अध्यक्षहरु वलराम अर्याल,रामशरण पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker