रजतबर्षको अवसरमा ग्रीनल्याण्डको फुटसल प्रतियोगिता

चितवन ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तरस्कुल फुटसल प्रतियोगिता गर्ने भएको छ । स्कुलको स्थापनाको २५ औं बर्ष पार गरेको अवसरमा यही माघ १३ देखि १५ गतेसम्म फुटसल टुनामेण्ट आयोजना गर्न लागिएको स्कुलकी प्रिन्सिपल ईन्दिरा कार्कीले जानकारी दिनुभयो । उहांँका अनुसार फुटसल टुनामेण्ट स्कुलको नजिक रहेको थ्री लायन्स फुटसल क्लबमा गरिनेछ । यसका लागि जिल्लाका सबै स्कुललाई पत्राचार गरिसकिएको कार्कीले बताउनु भयो । फुटसलमा उत्कृष्ट हुने प्रतियोगिलाई नगद सहित सम्मान गरिने उहांँले बताउनु भयो । यसअघिपनि स्कुलले सामाजिक कार्यको साथै शैक्षिक गतिविधि गर्दै आईरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker