चितवनमा खुल्यो केटीएम र अन्टाको शोरुम, नायिका पूजाले गरिन उद्घाटन

०७ माघ, मंगलबार
चितवन

स्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको शुभारम्भ गरेको छ । नेपाली सिनेनगरीकि चर्चित नायिका पुजा शर्माले रिवन काटेर उद्घाटन गरेकी हुन ।

उद्घाटनका लागि सिजि मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको उद्घाटन पश्चात् आयोजित कार्यक्रममा नायिका शर्माले भनिन । चितवन आउन जुर्ने हरेक अबसरले आफुलाई आनन्दित तुल्याउने गरेको तथा आफुलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले कार्यक्रममा उपस्थित दर्शकहरुलाई अपिल पनि गरिन ।

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका तथा उक्त कार्यक्रमको प्रस्तोता जुनु रिजालेलेपनि सांगीतिक माहौल जमाउन भरपुर साथ दिएकी थिईन ।

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन ।

कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए ।

अर्का संचालक सुरज तिवारीले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय रहेको केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफुले गौरवान्वित महसुस गरेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे, अतिथि युवा उद्यमि राम गिरी, अतिथि संगितज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका थिए ।

आज दिनभर शोरुममा आमन्त्रितहरुको घुईचो लागेको थियो । ग्राहकले शपिङको क्रममा पहिरनका बस्तुहरुलाई सकारात्मक प्रतिक्रिया ब्यक्त गर्दै अरु आफन्तजनलाइ पनि शोरुममा आउन र सपिङ गर्न सल्लाह दिने बताएका थिए ।

स्क्वाड नेपाल प्रा. लि. चितवनभरको केटिएम र अन्टा ब्राण्डको बितरक रहेको र छिट्टैनै चनौली, टाँडी, पर्सा लगायतका ठाँउमा यस्ले आफ्नो सेवा बिस्तार गर्ने संचालक मध्यका एक उत्तम गुरुङले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker