तीन लाख पचार हजारले गरे महोत्सव अवलोकन

चितवन, ०७ माघ
समग्र चितवनको गौरव र गरिमायम प्रस्तुति भन्ने नाराका साथ सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव २०७६ मा दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ ।

मंगलबार बाह्रौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख ५० हजार नाघेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए । मंगलबार मात्रै ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका रेग्मीको भनाइ छ ।

बुधबार महोत्सवमा आकर्षणको रुपमा लोक तथा दोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने उल्लेख गर्दै अध्यक्ष रेग्मीले बुधबार महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या अझै बढ्ने बताए । दर्शकहरुको माग र स्टल प्रदर्शकको चाहनाअनुसार महोत्सवलाई माघ ९ गतेसम्म सञ्चालन गरिदैछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले बताए । सो महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ ।

महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा विभिन्न व्यवसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको श्रेष्ठको भनाइ छ ।

महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको मूल संयोजक रेग्मीले बताए । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker