सकियो सातौं खिचरा महोत्सव, तीन लाख दर्शकले गरे अवलोकन

चितवन, माघ ८–

माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबारबाट सकिएको छ ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा खैरहनी–५ गौचरनमा भएको महोत्सव ११ दिनसम्म चलेको थियो । महोत्सवको आज एक समारोहकाबीच थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले समापन गरिन् । महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै आज महोत्सवको अन्तिम दिन पनि विभिन्न समेत विभिन्न साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो । यसपटक महोत्सवको आकर्षणको रुपमा रहेको पोका, घोङीको प्रतिमामा र थारु घरमा फोटो खिचाउने दर्शकहरुको भीड लागेको थियो ।
थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको थियो । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका थिए ।
खिचरा डान्स आइडलको उपाधि दिपिकालाई

सातौं खिचरा महोत्सव महोत्सव अन्तरगत आयोजित खिचरा डान्स आइडलको उपाधि दिपिका चौधरीले जितेकी छिन् । भोटिङको आधारमा चौधरी विजेता भएकी हुन् । उनले ३० हजार प्राप्त गरिन् । यस्तै अभिषेक चौधरी द्धितिय र जेनिसा प्रजा तृतीय भइन् । अभिषेकले २० हजार र जेनिसाले १० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै एके ४७ ग्रुप र आशषि चौधरी सान्त्वना भएका छन् । उनीहरुले समान पाँच हजार रुपैयाँ प्राप्त गरेको नृत्य समितिका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker