राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायिका पूजा शर्मा

माघ ०८, बुधवार
भरतपुर, चितवन

नायिका पूजा शर्मा राइट पाथ करियर काउन्सेलिङ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बनेकी छन् । उनी राइट पाथको ५ वर्षको लागि ब्राण्ड एम्बेसडर बनेकी हुन् ।

आजनै राइट पाथको लायन्सचोकमा रहेको चितवन शाखामा चेक हस्तान्तरण गरेर केक काटेर खुसियाली बाँडिएको थियो । राइट पाथ संग आफुलाई आवद्द गराउन पाउँदा निकै खुशी लागेको तथा आफू संगै जोडिएको राईट पाथको उन्नतिकालागि आफुले पनि योगदान गर्ने पुजाले बताईन ।

https://www.facebook.com/Rightpathchitwan/videos/172602953839893/

पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी हिट नायिका शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् ।

ब्राण्ड एम्बेसडरको खुशीयाली साटासाट राइट पाथको मुख्य कार्यालय पुतलिसडक काठमाडौंमा पनि भब्य कार्यक्रमका साथ गरिनेछ ।

बिगत ३ वर्ष देखि संचालनमा आएको यस् संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक शाखा रहेकाे छ । यतिबेला यो कन्सल्टेन्सि यु के, क्यानडा लगायतको भिषा सफलताको कारण बैदेशिक शिक्षाको परामर्शका लागि उत्कृष्ट तथा पहिलो रोजाइ बनेको छ । राइट पाथ मार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जान परामर्श लिन सकिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker