भव्य रुपमा रजत महोत्सव मनाउंँदै ग्रीनल्याण्ड स्कुल

०९ माघ, बिहीवार
भरतपुर, चितवन ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले रजत महोत्सव मनाउने भएको छ । स्थापनको २५ औँ वसन्त पुरा गरेको अवसरमा स्कुलले भव्यताका साथ मनाउन लागेको बिहीबार स्कुलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

स्कुलले माघ १२ देखि २४ गतेसम्म विभिन्न सिर्जनात्मक कार्यक्रम गरी मनाउन लागिएको स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै कार्कीले यस अवधिमा स्कुलले विद्यार्थीहरुको लागि सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय अन्तर विद्यालय फुट्सल प्रतियोगिता गर्ने भएको बताउनुभयो । यस्तै श्रीपञ्चमी विशेष कार्यक्रम, सहीद दिवस, सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिने उहांँले बताउनुभयो । यस्तै उहांँले निमार्णाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालालाई सहयोग रकम समेत हस्तान्तरण गरिने बताउनुभयो ।

स्कुलले भूतपूर्व विद्यार्थी पूनर्मिलन समारोह तथा एल्मुनाइ एशोसियसन गठन लगायतका कार्यक्रमहरुलाई समावेश गरिएको बताएको छ । रजत महोत्सवलाई सफल पार्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने २० वटा उपसमिति रहेको स्कुलले जानकारी दिएको छ । हालसम्म स्कुलले व्यवहारीक र सैद्धान्तिक शिक्षालाई जोड दिदै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता राखिएको कार्कीको भनाई छ । हाल उक्त स्कुलमा १ हजार भन्दा बढी छात्रछात्राले अध्ययन गर्दै आएका छन । कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका सह–प्राचार्य उपेन्द्र आर्चाय र सल्लाहकार सुर्यनाथ मरठा लगायतको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/lokpriyakhabar/videos/596494467583582/

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker