रत्ननगर महोत्सव सम्पन्न, साढे चार लाखले अवलोकन गरे

चितवन, ०९ माघ

रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन गरेका हुन् । महोत्सव समापन गर्दै डल्लाकोटीले स्थानीय स्तरमा हुने मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेको बताए । स्थानीय कृषि, उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धनका साथै आन्तरिक पर्यटक प्रवद्र्धनमा समेत मेला महोत्सवले टेवा पु¥याएको डल्लाकोटीले बताए । पूर्वी चितवनको कृषि र पर्यटनलाई प्रमुख स्थान दिएर टिकौलीमा सञ्चालन गरिएको रत्ननगर महोत्सव पूर्ण रुपमा सफल भएको डल्लाकोटीको भनाइ थियो । महोत्सव समापनका अवसरमा जगतकृष्ण प्रजापति विद्यालयस्तरीय नृत्य प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार, महोत्सवको प्रवद्र्धक संस्थाहरुलाई सम्मान गरिएको थियो । महोत्सव समापनका अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् १०औँ रत्ननगर महोत्सवका मूल संयोजक राजाराम रेग्मीले महोत्सवलाई सभ्य एवम् भव्यरुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । १४ दिनसम्म चलेको महोत्सवको साढे चार लाख दर्शकले अवलोकन गरेका उल्लेख गर्दै रेग्मीले महोत्सवमा ५० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको बताए । महोत्सवमा राखिएको सेल्फी डाँडामा दुर्लभ वन्यजन्तुका मूर्तिका साथै चितवन राष्ट्रिय निकुञ्जको बारेमा समेत जानकारी गराइएको यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याएको रेग्मीको भनाइ छ । महोत्सवकै अवसर पारेर पञ्चकन्या सामुदायिक वनमा जीप सफारी, पटिल्लो समय लोकप्रिय बनेको जीपलाइन सफारीले समेत चितवनको पर्यटन प्रवद्र्धनमा थप मद्दत पु¥याएको रेग्मीले बताए । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक, खेलकुद, रक्तदान जस्ता कार्यक्रम गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको थियो । विभिन्न व्यवसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको रत्ननगर महोत्सवका महासचिव निराजन खनालको बताए । महोत्सवमा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुका लागि निःशुल्क प्रवेशको समेत व्यवस्था गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker