भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो (रोचक भिडियो सहित)

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

साँचो प्रेम जीवन्त रहन्छ भन्छन । हो त्यस्तै भएको देखिन्छ यस महलमा यसको उदाहरण हो, पाल्पाको रानीमहल । रानी तेजकुमारीको मायामा भावविह्वल भएर राजा खड्गशमशेरले यो दरबार निर्माण गरेका हुन् । त्यसैले युवायुवती आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न रानीमहल पुग्ने गरेका छन् ।

पाल्पाको तानसेनदेखि करीब १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारमा सुन्दर भारतको ताज महल जस्तै रानीमहल दरबार बनेको छ । नेपालको ताजमहलको रुपमा बेलायती शैलीमा निर्मित रानीमहल भनेर प्रसिद्ध छ । रानीमहलको यस भित्र बिशेष प्रमुख आकर्षण नै दरबारभित्रको पोखरी र वरपरको बगैँचा र सुन्दर बातावरण हो । जो जो मानिसहरु येहा पुग्छन पक्कै पनि एउटा सदा सदाको यादे बोकेर फर्किन्छन पनि भनिन्छ ।

बिशेष गरेर भ्यालेन्टाइन डेमा (प्रेम दिवसमा) रानीमहल घुम्ने पर्यटकहरुको संख्या हजारौँको हुन्छन् । स्कटनेपालले अबलोकन गर्दा खेरी तल देखाइएको दृश्य हरु आज भन्दा करीब ३ बर्ष अगाडीको रहेता पनि आज थप निर्माण सहित सम्प्पन भएको रानी महल एक पटक देख्न हामी सबैलाई आग्रह गर्दछौ । तानसेन नगरपालिकाको पहलमा रानीमहलको व्यवस्थापनमा कुनै कमि कमजोरी न राखी व्यवस्थित तरिकाले रानीमहल घुम्न सकिन्छ ।

गुल्मी देखि शुरु भएको यात्रा तय गर्दै पाल्पाको सुन्दर पर्यटक स्थल ”रानी महल” पुगेर थोरै तेहा रहेको जानकारी तपाईको सामु सेयर गर्दै छौ मन थामेर सुन्नु होला भिडियो सहित ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker