
रत्ननगर, चितवन
१० माघ, शुक्रबार
नेपाल शिक्षक संघ रत्ननगर को दोस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ रत्ननगर नगर कार्यसमिति का अध्यक्ष नारायण पौडेल ले गर्नुका साथै नेपाल शिक्षक संघ संघीय कार्यसमिति का उपाध्यक्ष भरत लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमश : नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष नेत्र प्रसाद घिमिरे, रत्ननगर शिक्षा शाखा प्रमुख बद्री नारायण भट्टराई, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति का सचिब प्रेम प्रसाद पौडेल, शिक्षक महासंघ जिल्ला कार्यसमिति अध्यक्ष कोमल नाथ घिमिरे, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य तथा शिक्षा बिभाग प्रमुख दिवाकर अर्याल, शिक्षक महासंघ रत्ननगर अध्यक्ष बिक्रम अधिकारी नेपाल मा बि का पुर्व प्रधानाध्यापक गोपाल शर्मा आचार्य , पन्चकन्या मा बि प्र अ मेघनाथ दुवाडी पुर्ब स्रोत ब्यक्ती अनिता अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रम मा नेपाल शिक्षक संघ जिल्ला कार्य समिती का अध्यक्ष डा. हरि प्रसाद कंडेल एब नेपाली काङ्ग्रेस रत्ननगर सचिब देवेन्द्र भुजेल जिल्ला कार्यसमिति का पदाधिकारीहरु विभिन्न बिधालयका प्र अ हरु बिधालय सयोजक, नेपाल शिक्षक संघ मा आबद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम मा निबृत्त शिक्षक एब विभिन्न ब्यक्तीहरुलाइ सम्मानित गरिएको थियो, साथै शिक्षा सेवा आयोग बाट स्थायी भइ रत्ननगरका विभिन्न बिधालयहरुमा सिफारिस भइ आउनु भएका शिक्षक हरुलाई बधाई तथा स्वागत समेत गरिएको थियोे ।

उक्त कार्यक्रममा समितिका उपाध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वागत मन्त्ब्य तथा अर्थसचिव सिता उपाध्यायले आर्थिक प्रतिबेदन प्रस्तुत थिए । कार्यक्रम सचीव केशव राज पान्डेले संचालन गरेका थिए ।