
काठमाडौं
११ माघ, शनिबार
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) को बागमती प्रदेश समितीको सर्बसम्मत निर्वाचन सम्पन्न भएको छ ।
सिडेनका केन्द्रिय अध्यक्ष इ. शंकर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन घोषणा सभामा इ. शिवलाल चालिसे सभापतिमा निर्बिरोध निर्बाचित भएकाछन साथै उक्त समितीमा उप- सभापति इ. राजेन्द्र सिलवाल , सचिव इ. बिक्रम खतिवडा , सह- सचिव इ. अर्जुन उपाध्याय, कोषाध्यक्ष इ. विश्वाश पोख्रेल लगायतको १५ सदस्य समिती निर्बिरोध निर्बाचित भएको घोषणा गरिएको थियो ।
निर्वाचन समिती सम्योजक इ. अनुराधा शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्बाचित सभापति चालिसेले आफ्नो कार्यकालमा सम्मानिय प्रधानमन्त्री के पि शर्मा ओलीले जस्तो बोलेर होइनकी काम गरेर देखाउने प्रतिबद्दता ब्यक्त गरेका थिए ।