नारायणी नदी किनारमा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा कथावाचन शुरु

माघ १२ ।
नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा कथावाचन शुरु गरिएको छ । फागुन ११ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा प्रमुख वाचक बालयोगेश्वर महाराजश्रीले कथा वाचन सुरु गरेका हुन् । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा कथा वाचन गर्दै महाराजश्रीले आफू कत्तिपनि विचलित नभइ कथा वाचन गर्ने बताएका छन् । परोपकारी उद्देश्य लिएर कोटिहोम महायज्ञ सुरु गरिएको उल्लेख गर्दै महाराजश्रीले महायज्ञमा सबैले सहयोग गर्न आग्रह गरे । यसैबीच, शनिबारको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपाने प्रमुख अतिथि रहेका थिए । न्यौपानेले धर्मको संरक्षण गर्दै सामाजिक कार्यमा जुट्नका लागि सबैसँग आग्रह गरे । नारायणी नदीकिनारमा सञ्चालन भएको महायज्ञले चितवनमा धार्मिक पर्यटक वृद्धि गर्ने उल्लेख गर्दै धार्मिक कामबाट समाजमा जागरण आउने बताए । त्यस्तै, महायज्ञका १२१ जना ब्राह्मणहरुलाई बरणी समेत गरिएको छ । वरणी गरिएको ब्राह्मणहरुले आइतबारदेखि १०८ हवन कुण्डमा नियमित रुपमा हवन गर्ने महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दीलिप न्यौपानेले जानकारी दिए । महामयज्ञमा कथा श्रवणका लागि शनिबार सात सय भन्दा बढी मानिसहरु उपस्थित भएका न्यौपानेको भनाइ छ । महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोगबाट पीडित विपन्न परिवारका व्यक्तिहरुलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने छ । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने बताए । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker