बकुलहर माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भब्य रुपमा सम्पन्न

चितवन- रत्ननगरको वडा नं १ स्थित बकुलहर माध्यमिक विद्यालय बकुलहरको ३५औँ वार्षिकोत्सव आइतबार एक समारोहबीच सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरसिं तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सासद् कृष्णप्रसाद खनालले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि प्रदेश सरकार सधैँ साथमा रहेको बताए । उनले सामुदायिक विद्यालयप्रति सर्वसाधारणको आकर्षण बढाउन शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिन विद्यालय व्यवस्थापनसँग अनुरोध गरे । सो विद्यालयका लागि प्रदेश सरकारबाट सक्दो सहयोग प्रदान गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले बकुलहर माविको शैक्षिक वृद्धिका लागि नगरपालिका लागिपरेको बताइन् ।

रत्ननगर नगरपालिकाका नगर शिक्षा उपसचिव बद्री नारायण शर्माले बकुलहर माविको शैक्षिक सुधारमा नगरका शिक्षाप्रेमी, शिक्षक, अभिभावक, जनप्रतिनिधि एवम् समाजसेवीको प्रयासको सराहना गर्दै विद्यालयको स्तर वृद्धिका लागि नगर शिक्षा कार्यालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक नारायण पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयकी प्रधानाध्यापक कमला ढकालले विद्यालयको वर्तमान अवस्थाको बारेमा अवगत गराउँदै अंग्रेजी माध्यममा लैजाने अभियान सुरु गरिएको बताइन् ।

कार्यक्रममा शालिकराम पराजुली, शिक्षक देवेन्द्र लामिछानेलगायतले विद्यालयको शैक्षिक सुधार अभियानमा अभिभावक, जनप्रतिनिधि तथा सरोकारवाला सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, टोलविकास समिति एवम् शिक्षासेवीहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker