तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा

नवलपुर, १३ माघ
आगामी बुधबारदेखि गैँडाकोटकमो नारायणी नदीकिनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदीकिनारमा माघ २६ गतेसम्म सञ्चलन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको तथा बाल उद्योन निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताए ।

महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा सांस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी गरी ३५० भन्दा बढी स्टल निर्माण रहने भट्टचनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्नेे बताए ।

महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सवको उद्घाटनका दिन तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी हुने जानकारी दिए । शोभायात्रामा सहभागीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने समेत कँडेलको भनाइ छ । भव्यताका साथ महोत्सव सम्पन्न गराउनका लागि स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीको पूर्ण सहयोग र समर्थन रहेको कँडेलले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उनको भनाइ छ ।

यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने कँडेललेल बताए । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठनगरि काम अघि बढाइएको बताए । महोत्सवअवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिए । महोत्सव स्थलमा सञ्चार माध्यमका लागि सूचना संप्रेशण गर्नका लागि विशेष व्यवस्था हुने सापकोटाले बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए ।

गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker