
माघ १५, बुधबार
रत्ननगर, चितवन
श्री बछौली माध्यमिक बिद्यालयले ‘होटल ब्यबस्थापन प्रशिक्षण कार्यक्रमका बारेमा होटल ब्यबस्थापक एवं सरोकारवालाहरुको अन्तर्कृया तथा अभिमुखिकरण कार्यक्रम’ आयोजना गरेको छ ।
उक्त कार्यक्रमको सभापतित्व रत्ननगर वडा नं ६ का वडा अध्यक्ष बलराम दाहालले गरेका थिए भने प्रमुख आतिथ्यता रत्ननगर नगर प्रमुख नारायण वनले गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा इन्स्योर परियोजनाका निर्देशक देवेशचन्द्र सापकोटा, उप निर्देशक दिपक अर्याल, बछौली माध्यमिक बिद्यालयका निवर्तमान अध्यक्ष राममणी खनालको उपस्थिति रहेको थियो ।
क्षेत्रीय होटल संघ (हान) सौराहाका अध्यक्ष दिपक भट्टराई , क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए भने विभिन्न होटल ब्यबसायीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
बछौली माध्यमिक बिधालयका सह प्रधानाध्यापक बिक्रम अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि वनले कार्यक्रमको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । वनले उक्त कार्यक्रममा बछौली मा. वि. मा संचालित Apprenticeship कार्यक्रम र डिप्लोमा कार्यक्रमलाई आबश्यक सहयोग गर्ने र BHM संचालनका लागि पुर्ण सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
अन्तर्कृयामा सौराहाका होटल व्यवसायीहरुको सक्रिय सहभागीता रहनुका साथै Hospitality क्षेत्रमा दक्ष जनशक्ति उपलब्धता सम्बन्धि छलफल भएपश्चात सम्बन्धित समस्या समाधान गर्न इन्स्योर परियोजनाका निर्देशकबाट WFT (Workers for the Training) र Capacity Building कार्यक्रम बछौली माध्यमिक बिद्यालयमा तुरुन्तै संचालन गर्न र आवश्यक सहयोग एवं समन्वय गरि कार्यक्रम सप्पन्न गर्न इन्स्योर चितवनलाई निर्देशन दिएका थिए ।