सरस्वती पूजाको अबसरमा रिफ्रेस एक्ज्याक्टले मनायो १६ औं बर्ष प्रबेशको खुशी

चितवन-

पूर्वी चितवनको रत्ननगरमा कम्प्युटरको आधारभूत तालिम तथा अंग्रेजी भाषा सिकाउँदै आएको रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर आज सरस्वती पूजाको दिनदेखि गरिमामय १६ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले केक काटेर खुसी बाँडेको हो ।
कम्प्युटर तालिम र भाषा सिकाउँदै आएको सो संस्थाले सिटिइभिटीबाट मान्यता प्राप्त गरी साइन्स ब्रिज कोर्ष, नर्सिङको तयारी कक्षा, एचए, फार्मेशी, ल्याब टेक्निसियनका साथै कम्प्युटरसम्बन्धी सफ्टवेयर र हार्डवेयरका तालिमहरु सञ्चालक गर्दै आएको सेन्टरका प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए ।

उनले एसईई दिएर बसेका विद्यार्थीहरुलाई सफलताको शुभकामनासहित सिटिइभिटीबाट सञ्चालित विविध तयारी कक्षाहरुमा भर्नासमेत खुलेको बताउँदै १२ कक्षामाथि सबै विषयको ट्युसन कक्षाहरुसमेत सञ्चालन हुँदै आएको जानकारी दिए ।

संस्थाका अध्यक्ष अरुण सिवाकोटीका अनुसार सो संस्थाले शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरी इङ्लिस, जापानिज, कोरियन भाषा तथा ब्रिज कोर्षहरु पढाउँदै आएको छ । थुप्रै विद्यार्थीको विश्वास जित्न सफल सो संस्थाबाट सीप सिकेका व्यक्तिहरु अहिले थुप्रै शिक्षण संस्था, कन्सल्टेन्सी तथा आईटीका क्षेत्रहरुमा आफ्नो करियर निर्माण गरिसकेका छन् ।

संस्थाको अनवरत यात्राका क्रममा एकपछि अर्को सेवा प्रदान गर्दै आगामी दिनमा छिट्टै एबोर्ड स्टडीको रुपमा काम गर्न लागेको पौडेलले जानकारी दिए । निजीस्तरबाट सञ्चालित संस्थाले सबैको विश्वास जित्दै आफ्नो यात्रामा लम्कन सफल भएको भन्दै उनले सरस्वती पूजाको अवसरमा केक खुवाएर वार्षिकोत्सव मनाएको बताए ।

सोही संस्थाका उत्पादन रहेका विपीन शर्मा आचार्यका अनुसार पूर्वी चितवनमा थुप्रै आरोह–अवरोहका बीच पनि सो संस्थाले १६औँ वर्षसम्म आफ्नो सेवालाई निरन्तरता दिन सक्नु विश्वासको प्रतिफल भएको प्रतिक्रिया दिए ।

https://www.facebook.com/591312067672706/videos/301384547484029/

अनुभवी प्रशिक्षक र गुणस्तरीय सेवा प्रवाहका कारण रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टरले आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल भएको भन्दै सोही संस्थाका अर्का उत्पादन रहेका महेश पाण्डेले खुसी प्रकट गरे । उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै निकट भविष्यमा सुरु हुन लागेको एबोर्ड स्टडीको सफलताको शुभकामना व्यक्त गरे ।

https://www.facebook.com/591312067672706/videos/192936325128934/

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker