महोत्सवको शोभायात्रा र्यालीमा सहभागी २९ संस्था पुरस्कृत

चितवन , १७ माघ
चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्य २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शाभा यात्रामा सहभागीहरुमध्य विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्यबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार तथा मायाको चिनो प्रदान गरिएको छ । त्यस्तै महिला तथा आमा समुहतर्फबाट थारु महिला साँस्कृतिक समुह, निपनी प्रथम , शक्तिशाली महिला समुह र.न.पा. १३ द्धितिय र गणेश सक्रिय महिला समुह र.न.पा. ३ , दिव्यज्योती महिला समुह र.न.पा. ९ , श्री आमा समुह र.न.पा. ९ र नवदुर्गा आमा समुह तृतिय भएका छन् । त्यस्तै टोल बिकास संस्थातर्फ बेल्सी टोल विकास संस्था प्रथम जन जागृती टोल विकास संस्था र.न.पा.१० द्धितिय , माझि मुसहर टोल बिकास संस्था र.न.पा. ५ चित्रसारी तृतिय विद्यालयतर्फ नवोदय बिधालय खै.न.पा. १ प्रथम, गायत्री वेद वेदाङ विद्यालय र.न.पा.९ द्धितिय ,श्री अन्त्योदय जनजाति आ. मा. बि. खै.न.पा. ९ तृतिय , स्काउट ट्रप तर्फ भिमोदय स्कायट ट्रप प्रथम , चित्रवन स्काउट ट्रप द्धितिय भएका छन् । बिशेष आकर्षणतर्फ झुवानी डम्फु समुह प्रथम ,महिला नैमति वाजा समुह द्धितिय , श्री भद्रकाली भजन समुह तृतिय धार्मिक संघ संस्थातर्फ ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रत्ननगर प्रथम , आत्मज्ञान प्रचार संघ रत्ननगर द्धितिय , कृष्ण प्रणमी संस्था जिरौना तृतिय , जनजाती पहिचान सहितको उपस्थितीमा नेपाल इकाइ मगर संघ र.न.पा. ११ मंगलपुर प्रथम , नेवार समाज गुठी समुह कालिका न.पा. ८ र ९ शक्तिखोर द्धितिय , आत्म शान्ति बौद्ध स्तुप गुरु∙ समाज र झुवानी थारु महिला तथा वठिनीया ठेकरा टोली तृतिय , नृत्य बिशेषतर्फ थारु समाज झांकी डम्फुनाच समुह खै.न.पा. ५ प्रथम , कुमाल सांस्कृतिक टोली ठुलो नाच समुह भोजाड द्धितिय र मझुइ झाम्टा टोली खै.न.पा. ५ र सरस्वती वुहारी महिला समुह र.न.पा. ३ हाजीपुर तृतिय भएका छन् । प्रथम , द्धितिय र तृतियलाई क्रमश नगद पाँच हजार , तिन हजार र दुई हजार रुपैँया पुरस्कार प्रदान गरिएको शोभा यात्रा व्यवस्थापन उपसमिती संयोजक विरन्जना घिमिरेले जानकारी दिइन् । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker