
डिप्रोक्स लघुबित्त बित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा यही माघ २० गतेदेखी शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ आचार्यले आगामी चार वर्षसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
आचार्य ३० बर्ष कृषि बिकास बैकमा उप महाप्रबन्धक पदबाट सेवा निब्रित्त भएका हुन । डिप्रोक्स लघुबित्त बित्तिय संस्थाले देशको ७१ जिल्लामा ११९ शाखा कार्यालयहरुबाट करीब २ लाख ८ हजार सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।
