गैँडाकोट महोत्सवमा पशुपति शर्माले दर्शकलाई छमछमी नचाए

माघ २० ।
गैँडाकोट नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव २०७६ मा पशुपति शर्माले दर्शकलाई छमछमी नचाएका छन् ।

उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा जारी महोत्सवको छैठौँ दिन सोमबार शर्माले दर्शकहरुलाई आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन् । शर्माले मेरो माया बसेको ठाउँमा, मलाई जापान पनि यही, आमालाई कोसेली कान्छी बुहारी लगायतका ६ वटा भन्दा बढी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका महोत्सवको साँंस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै सोमबार नै वरिष्ठ लोक तथा दोहोरी गायक अमर विरही गुरुङ, अनु गुरुङ, उमादेवी खनाल, रसियन कलाकारहरुको बेली डान्सको प्रस्तुति रहेको कँडेलले जानकारी दिए । माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सोमबार मात्रै ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।

सोमबार बजारहरु बन्द भएको र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुति रहेका कारण समेत दर्शकहरुको उपस्थिति बढी देखिएको सापकोटाले बताए । महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताए । महोत्सवमा सोमबार प्रमुख अतिथिको रुपमा उपस्थित गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले महोत्सवले स्थानीय कला र संस्कृतिको उजागरसँगै आर्थिक समृद्धिमा समेत टेवा पु¥याएको बताए । महोत्सवले नवलपुरमा पर्यटक प्रवद्र्धनमा समेत विशेष महत्व राख्ने नगर प्रमुख पौडेलको भनाइ थियो ।

माघ २६ गतेसम्म सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker