गल्छी गाँउपालिका द्वारा गौतमबुद्ध क्रिकेट रंगशालालाई सय टिपर बालुवा सहयोग

चितवन : चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो ।

शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निर्माण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरेको हो । रंगशाला निर्माणको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।

बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएको थियो । गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेकोहो ।

त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ ।

सबैको सहयोग र समन्वयबाट निर्माणले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker