मोहनामा होमस्टे सञ्चालन

रत्ननगर २२ माघ ।

चितवनको रत्ननगरमा होमस्टे सञ्चालनमा आएको छ । पर्यटकीय नगरि सौराहाको नजिक रहेको मोहनामा १५ जनाको समुहले वुधवारबाट मोहना कम्युनिटी होमस्टे सञ्चालनमा ल्याएका हुन् । पछिल्लो पटक विदेशी सहित स्वेदशी पर्यटकहरु स्थानिय स्तरका खानाका परिकार मन पराउन थालेका र होटलको तुलनामा होमस्टेमा सस्तो हुने हुदा पनि होमस्टेकमा वस्ने र खाना खान रुचाउनेहरुको संख्या वृद्धि हुदै गएको कारण गाउका दिदिवहिनी मिलेर होमस्टे सञ्चालनमा ल्याएको मोहना कम्युनिटी हाेमस्टेकी अध्यक्ष शान्ता पण्डितले वताईन् ।

आजै भएको भेलाले पण्डितको अध्यक्षतामा ७ सदस्य कार्य समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा दिपा थपलिया, कोषध्यक्षमा निर्मला मैनाली चयन हुनु भएको छ । त्यस्तै सदस्य सचिवमा अनिता अधिकारी रहनु भएको छ । भने सदस्यमा भगवती मैनाली , जमकी महत र रीना वस्नेत रहनु भएको छ । आजै भएको भेलाले सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाकार समितिमा लोक गायक मिलन लामा , कौशिला मैनाली अमात्य, विष्णुहरी देवकोटा , होमनाथ रेग्मी रहनु भएको छ । कार्यक्रममा नेपालमा होमस्टेको अवस्था र सञ्चालको तरिकाको वारेमा नेपाल होमस्टे एसोसीसनकी केन्द्रीय उपाध्यक्ष एवं पनौती होमस्टेकी अध्यक्ष कौशिला मैनाली अमात्यले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वडा सदस्य सरस्वती लामा, लोक गायक मिलन लामा, टिकौली होमस्टेका अध्यक्ष वुद्धिमान विक लगायतले वोल्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker