हरितालिका तीजमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आउने

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति फाइनल भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने निर्माता अजितकुमार थापाले जानकारी गराए । निर्माणको लामो समयसम्म प्राविधिक कारणबस प्रदर्शन हुन नसकेको चलचित्र भदौ ५ मा कन्फर्म रिलिज हुने थापाले बताए ।सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय छ ।लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको चलचित्र एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको हो । यहि व्यानरले बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर चलचित्र ‘पासवर्ड’ निर्माण गरेको थियो । त्रिकोणात्मक प्रेमकथाको चलचित्रको निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको चलचित्रमा परि राना सह-निर्माता छन् । चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker