अभिसेक श्रेष्ठ र रेबिका गुरुङको ‘आउन कान्छी’ सार्वजनिक

संगीतकार शालिकराम घिमिरे ले नयाँ गीत बजारमा ल्याएका छन् । शशि बिक्रम थापाको श्वर एवं शव्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङको अभिनय रहेको छ ।

मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधा बाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगमसंगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker