चलचित्र ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्बजनिक

चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’ लभ स्टोरी जनराको चलचित्र हो । चलचित्र ‘मन्त्र’ हिमाली भेगको प्रेमकथा बोल्छ । चलचित्रमा सौगात मल्ल, बुद्दि तामांङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ । चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् । मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की, बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker