२४ घन्टा भित्र शुल्क वृद्धि खारेज गरि दिनुस्:अध्यक्ष घतानि

चितवन, माघ २१- खैरहनी नगरपालिका वडा नम्बर ६ मा अवस्थित एकमात्र सामुदायिक कलेज भुवानी शंकर बहुमुखी कलेजमा बिगत केही समय अगाडि कलेज प्रशासनले आफुखुसी गरेको शुल्क वृद्धिको विषयमा अनेरास्ववियू खैरहनी नगर कमिटिले शुल्क वृद्धि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो । भुवानी शंकर क्याम्पस अनेरास्ववियू कमिटीद्वारा गरेको बिरोधलाई क्याम्पस प्रशासन र व्यवस्थापन समितिले बेवास्ता गरेको र केही दिन अगाडि अराजक व्यक्तिहरु प्रयोग गरि आम विद्यार्थीहरुलाइ त्रसित बनाइ क्याम्पसमा आफ्नो दादागिरी देखाएको हुनाले अनेरास्ववियू खैरहनी नगर कमिटीका अध्यक्ष सरोज घतानीले त्यस घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष घतानीले अबको २४ घन्टा भित्र शुल्क वृद्धि खारेज गरि आफुहरुको संगठनको माग पूरा गरि आम विद्यार्थीहरुले सहज रुपमा पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि क्याम्पस प्रशासन र व्यवस्थापन समितिलाई चेतावनी समेत दिनु भएको छ । साथसाथै क्याम्पस हाता भित्र आइ अराजक गतिविधि गर्ने, क्याम्पसको भौतिक संरचनालाइ क्षति पुर्याउने व्यक्तिलाई तुरुन्तै कानुनी कठ्घरामा ल्याउन कलेज प्रमुखलाई अध्यक्ष घतानिले अनुरोध समेत गर्नु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker