रंगशाला निर्माणका लागि चलचित्र पत्रकार रवि अधिकारीले गरे डेढ लाख सहयोग

चितवन-  चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा शुक्रबार सहयोगी दाताहरु बढेका छन् । जारी धनधान्याचल महोत्सवमा शुक्रबार अन्य दिनको तुलनामा सहयोगी दाता तथा भक्तजनहरुको उपस्थिति बाक्लो थियो ।
शुक्रबार रंगशाला निर्माणका लागि प्रेस संगठन चितवनका सदस्यसमेत रहेका चलचित्र पत्रकार रवि अधिकारीले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल परिसरमै पुगेर अधिकारीले रंगशाला निर्माणका लागि एक लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । उनले चितवनमा निर्माणाधीन रंगशाला देशकै गौरवको परियोजना भएकोले सहयोग गरेको बताए । उनले सम्पूर्ण नेपाली र विशेष गरी चितवनवासीलाई यो महाअभियानलाई आफ्नै अभियान सोचेर सहयोग गर्न आग्रह पनि गरे ।
उनले यसअघि पनि दुईपटक रंगशाला निर्माणका लागि सहयोग गरिसकेका छन् । उनले पहिलोपटक ५ हजार र दोस्रोपटक १७ हजार रुपैयाँ बराबरको स्पिकर सहयोग गरेका थिए । अधिकारी नमस्ते फिल्मी डट कमका प्रकाशक एवं प्रधानसम्पादक हुन् ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव भइरहेको छ । महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker