रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचलमा अहिलेसम्मकै धेरै आर्थिक सहयोग संकलन

चितवन
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आज शनिबार अहिलेसम्मकै धेरै आर्थिक सहयोग संकलन भएको छ ।

सातौ दिनमा आइपुग्दा चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा आज मात्रै १५ करोड बढी सहयोग संकललन भएको मुल आयोजक समितिका संयोजक बिजय सुवेदीले जानकारी दिए । यो सँगै धनधान्याचलमा अहिलेसम्म करिब ३० करोड पुगेको छ ।

शनिबार रंगशाला निर्माणका लागि जारी धनधान्याचल मार्फत बाग्मती प्रदेश सरकारले थप १० करोड सहयोग घोषणा गरेको छ । आज धनधान्याचल स्थल आईपुगेका बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले थप १० करोड सहयोग घोषणा गरे । यस अघी शुक्रबार बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुललाले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका थिए । यो सँगै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि १५ करोड रुपैया सहयोग घोषणा भएको छ ।

सहयोग घोषणा गर्दै मुख्य मन्त्री पौडेलले निर्माणाधिन रंगशाला बाग्मती प्रदेश र समग्र देशकै गौरभको बिषय भएको बताए । उनले यो अभियानमा प्रदेश सरकारको सधैं सहयोग रहिरहने पनि बताए । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म प्रदेश सरकारको तर्फबाट आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिबद्दता गरे ।
आज नै नारायणगढ स्थित बालकुमारी कलेजले १५ लाख सहयोग गरेको छ । कलेजका प्राचार्य जगदिश्वर खनालले उक्त रकम घोषणा गरे । यस्तै सांसद उमेश श्रेष्ठले ११ लाख ५१ हजार, इच्छाकामना गाँउपालिकाले ११ लाख ११ हजार एक सय ११, काठमाडौं निवासी योग प्रसाद पण्डितबाट १० लाख १ हजार, सप्तगण्डकी बहुमुखी क्याम्पसले ६ लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।
उता भरतपुर सरकारी अस्पातलका सम्पूर्ण कर्माचारीको तर्फबाट एक दिनको तलब बराबर रु ५ लाख ७३ हजार ९ सय ७, काठमाडौं वान हार्ट कलेज तथा स्कुलबाट ५ लाख ५ हजार ५ सय ५५, भरतपुर एक निवासी उमा शंकर अग्रवालबाट ५ लाख ५५ हजार ५ सय ५५, ललितपुर निवासी शारदा अधिकारीबाट ५ लाख ५५ हजार ५ सय, कैलाश पेट्रोल पम्पबाट ५ लाख सहयोग प्राप्त भएको छ ।
महेन्द्र लाल प्रधानबाट ४ लाख ५५ हजार, स्काई राइडर हाइयर सेकेन्डरी स्कुल रत्ननगर बाट ३ लाख २५ हजार ५ सय ५५, श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट ३ लाख, ताराकुन्ज सहकारी संस्थाबाट ३ लाख सहयोग प्राप्त भएको छ । यस्तै अन्य
यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । आईतबार सहयोगी दाताहरु अझै बढ्ने मुल आयोजक समितिले जनाएको छ ।
एक दिन थप
रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव एक दिन थप गरिएको छ । धनधान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिए । अब २६ गतेसम्म हुने भनिएको धनधान्याचल २७ गतेसम्म चल्ने छ । धनधान्याचलको २७ गते भव्य कार्यक्रमकाबीच समापन गरिने संयोजक सुबेदीले बताए ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

 

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker