भव्य रुपमा मनायो ग्रीनल्याण्ड स्कुलले रजत महोत्सव

ग्रीनल्याण्ड पब्लिक स्कुलले आफ्नो स्थापनको २५ बर्ष पुगेको अवसमा रजत महोत्सव सम्पन्न गरेको छ । सो अवसरमा स्कुलले जिल्ला स्तरिय अन्तर बिद्यालय फुटसल, हाजिरी जवाफ, बिज्ञान प्रदर्शनी, भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एसोसियसन गठन, रंगशालालाई सहयोग हस्तान्तरण, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । रजत महोत्सवको अवसरमा स्कुलले शैक्षिक क्षेत्रमा योगदान पुुर्याएका ५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा प्याब्सन केन्द्रीय सदस्य वेल बहादुर गुरुङ, बाग्मती प्रदेश प्याप्सन उपाध्यक्ष देशबन्धु अधिकारी, महानगर प्याप्सन अध्यक्ष लेखनाथ खनाल, जिल्ला प्याप्सन उपाध्यक्ष सिता रिजाल र जिल्ला प्याप्सन सदस्य शारदा ढकाल रहनु भएको छ । यस्तै स्कुलका सल्लाहकार प्रदीप मरहट्ठा, पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधान, सत्या प्रधान, समाजसेवी लेखराज पन्त (हरि) र स्कुलका शिक्षक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । रजत महोत्सव समापन कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीमा स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर यशोवद्र्धन प्रधान, विशिष्ठ अतिथी भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दनङ्वा लगायतको सहभागिता रहेको थियो । स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम विद्यालय व्यवस्थापना समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker