ग्रीनल्याण्ड स्कुलले गर्यो क्रिकेट रंगशालालाई एक लाख सहयोग

चितवन । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले चितवनको रामपुरमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रंगशालालाई भरतपुर –१२ स्थित ग्रीनल्याण्ड स्कुलले एक लाख एक हजार एक सय ११ रुपैँया सहयोग गरेको हो । स्कुलको रजत महोत्सव समापन समारोहको अवसर पारेर रंगशालालाई आर्थिक सहयोग गरिएको स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताउनुभयो । कार्कीले सो रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण पछि बोल्दै प्राचार्य कार्कीले राष्ट्रकै गोरव क्रिकेट रंगशालालाई सहयोग गर्न पाउंँदा अत्यन्त खुशी लागेको बताउनु भयो । ग्रीनल्याण्ड पब्लिक स्कुलले पठन पाठनसँगै खेलकुदलाई पनि सधैं प्राथमिकता दिदै आएको उहांँले बताउनुभयो । बिद्यालय स्तरबाट नै खेलकुदलाई प्राथमिकतामा राखे यस क्षेत्रको बिकासको गर्न सकिने भन्दै उहांँले रंगशाला निर्माण भईरहदा यहाँका विद्यार्थीहरुले नै भोलीका दिनमा खेलाडीका रुपमा लाभ लिनसक्ने बताउनु भयो । यो महाअभियानमा सबैले साथ दिनलाई उहांँले आग्रह गर्नुभयो । फाउण्डेशनका अध्यक्ष धुर्मुसले बिद्यालयहरुबाट नै खेलाडी उत्पादन हुने र रंगशालामा तिनै खेलाडीहरुले खेल्ने अवसर पाउने भएकोले चितवनका सबै बिद्यालयलाई यसको अपनत्व ग्रहण गर्न आग्रह गर्नुभयो । ग्रीनल्याण्ड स्कुलले जस्तै जिल्लाका अन्य बिद्यालयहरुलाई पनि रगशाला निर्माण अभियानमा सहभागी हुन अपिल गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker