गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चलमा आइतबार सम्म ३५ करोड संकलन

चितवन
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आज आइतबार सम्म ३५ करोड संकलन भएको छ ।

चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आज ५ करोड उठेको छ । जसमा ३ करोड १२ लाख घोषणा भएको र बाँकी नगद प्राप्त भएको मुल आयोजक समिति संयोजक बिजय सुवेदीले जानकारी दिए । यो सँगै धनधान्यान्चलमा आइतबारसम्म ३५ करोड संकलन भएको छ ।

यस अघी शनिबारसम्म कुल ३० करोड संकलन भएको थियो । आठौ दिन आज एक दाताले व्यक्तीगत रुपमा सबै भन्दा धेरै दान गरेका छन् । भरतपुर १० निवासी गोल्डमाइण्ड बिजनेस गु्रपका अध्यक्ष बामदेब गौलीले रंगशाला निर्माणका लागि एक करोड बराबरको जग्गा दान गरेको मुल आयोजक समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले जानकारी दिए ।

गौलीले चितवनको भरतपुर ११ जखडीमाईमा रहेको ८२ लाख बराबरको १८ धुर र रत्ननगरको शान्तिकुञ्जमा रहेको ४० लाख बराबरको १४ धुर जग्गा दान गरेका हुन् । जग्गा दान गर्दै उनले समाजले सहयोगको पाठ सिकाए अनुरुप नै आफुले रंगशाला निर्माण अभियानमा होस्टेमा हैसे गर्ने प्रयास गरेको बताए ।

चितवनमा रंगशाला निर्माण अभियान सफल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई थियो । उनले अन्य राष्ट्रहरुमा पचासौँ सयौँ बर्ष अगाडि बनिसकेको रंगशाला नेपालमा भने भर्खरै बन्न लागेको भन्दै सबैलाई सहयोगका लागि अपिल गरे । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म आफु र आफ्नो परिवारको तर्फबाट सक्दो सहयोग गरिरहने प्रतिबद्दता गरे ।
यस्तै आजनै बिजय गु्रपलेपनि धनधान्यान्चलमार्फत रंगशालालाई जग्गा दान गरेको छ । भरतपुर महानगरपालिका २१ को उक्त गु्रपले १२ लाख ६८ हजार बराबरको १२ धुर जग्गा दान गरेको हो । गु्रपले भरतपुर २७ मा रहेको उक्त जग्गा दान गरेको हो ।
चितवनको कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग घोषणा गरेको छ । नगरपालिकाका प्रमुख मेयर खुमनारायण श्रेष्ठले उक्त रकम घोषणा गरे । उता नेपाल अण्डा उत्पादक संघले १० लाख ११ हजार एक सय ११ तथा एपोलो पेन्ट्स भरतपुरले ७ लाख ५० हजार सहयोग घोषणा गरेको छ ।
आइतबार राप्ती नगरपालिका ३ का सुरेन्द्र पाठकले १५ लाख भरतपुरमहानगरपालिका २८ को वडाकार्यालयले १० लाख ८६ हजार ३ सय ९०, गोर्खाका रामगोपाल श्रेष्ठले ८ लाख, भरतपुर ११ का सागर श्रेष्ठले ६ लाख १६ हजार ६ सय ६६, भरतपुर २१ का बिजय बहादुर घलेले ६ लाख, लिटल फ्लावर स्कुल नारायणगढले ५ लाख ११ हजार एक सय ११, बोस्टन कलेज भरतपुरले ५ लाख, प्रेम कुमार र गोमादेवी श्रेष्ठले ५ लाख एक हजार एक सय ११, काठमाडौंकी शितल चन्द्र ढकालले ५ लाख ११ हजार एक सय ११, सोही स्थानका कृष्ण आचार्यले ५ लाख सहयोग गरेका छन्।
यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । महोत्सवमा आज पनि भक्तजनहरुको घुँइचो लागेको थियो ।
सोमबार समापन गरिदै
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवको सोमबार समापन गरिनेछ । धनधान्यान्चलको राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले समापन गर्ने मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए ।
धनधान्यान्चलको हिन्दू र बौद्ध संस्कृती अनुसार समापन गरिने उनले बताए । चुकेका अनुसार सोमबार दिउँसो २ बजेसम्म धनधान्यान्चल चल्ने र त्यसपछी समापन गरिनेछ । सम्पानको दिन सोमबार धनधान्यान्चलका प्रमुख दाता तथा धनधान्यान्चल सफल बनाउन सहयोग गर्ने व्यक्ती तथा संस्थाहरुलाई सम्मान गरिने उनेल जानकारी दिए । धनधान्यान्चल १९ गतेबाट शुरु भई २६ गते समापन गरिने भनिएता पनि आज एक दिन थप गरिएको हो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker