गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित धनधान्यान्चल महोत्सब सकियो

चितवन ९ गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल महोत्सव सम्पन्न भएको छ । धनधान्यान्चलको आज सोमबार राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलकाका भिक्षु पानासारा थुरुले समापन गरे ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सफल हुने विश्वास व्यक्त गरे । उनले यो अभियानमा जात भात, धर्म संस्कृती भन्दा माथि उठेर सबैले सहयोग गरेकोले पनि सफल हुने विश्वास व्यक्त गरे । नेपाललाई गौतमबुद्धको देश भनेर चिनिने प्रसङ्ग जोड्दै उनले छिट्टै गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको देश भनेर पनि चिनिने बताए ।श्रीलकाका भिक्षु पानासारा थुरुले नेपाली जनताको अग्रसरतामा यती ठुलो अभियान थालिनु गौरभको बिषय भएको बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेणु दहालले रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल सफल भएको बताईन् । उनले चितवनमा रंगशाला निर्माण भईरहदा महानगरको तर्फबाट सधैं आवश्यक सहयोग र समन्वयन भईरहने पनि बताईन् ।
समापन समारोहका मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले धनधान्यान्चल समिक्षा प्रतिवेदन पेश गरेका थिए । उनले धनधान्यान्चलमा लक्ष्य भन्दा बढी आर्थिक संकलन भएको बताए । उनले धनधान्यान्चल सफल भएको भन्दै घोषित रकम उठाउनु अबको चुनौती भएको बताए । उनले जती सक्दो छिटो घोषणा भएका रकम उठाएर फाउण्डेशनलाई हस्तान्तरण गरिने पनि बताए । यस्तै धनधान्यान्चल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समापन कार्यक्रम मुलआयोजक समितिका संयोजक बिजय सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
धनधान्यान्चल महोत्सवमा लक्ष्यभन्दा बढी संकलन
चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्यान्चल महोत्सवमा लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ । ५० करोड उठाउने लक्ष्यका साथ आयोजना गरिएको धनधान्यान्चलमा अन्तिम दिनसम्म करिब ५६ करोड संकलन भएको मुल आयोजक समितिका संयोजक बियत सुदेवीले जानकारी दिए ।
धनधान्यान्चलमा सोमबार मात्रै करिब २१ करोड आर्थिक संकलन भएको उनले बताए । यस अघी आइतबारसम्म ३५ करोड संकलन भएको थियो । सोमबार बाग्मती प्रदेश सरकारले थप १५ करोड सहयोग घोषणा गरेको छ । यस अघी बाग्मती प्रदेश सरकारले दुई पटक गरी १५ करोड घोषणा गरिसकेको थियो ।
सोमबार बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपालियाले थप १५ करोड घोषणा गरे । बाग्मती प्रदेश सरकारका तर्फबाट रंगशाला निर्माणका लागि बहुबषिर्य कार्यक्रम अन्तर्गत ३० करोड प्रदान गर्ने घोषणा गरिएको हो ।
ग्लोबल आई एम ई बैंक केन्द्रीय कार्यालय काठमाडौंले करोड सहयोग घोषणा गरेको छ । बैंकका अध्यक्ष चन्द्र ढकालले महोत्सवस्थल पुगेर उक्त घोषणा गरेका हुन् । यस्तै नेपाल एलपी ग्यास उद्योग संघले पनि रंगशाला निर्माणका लागि एक करोड सहयोग घोषणा गरेको छ । सोमबार महोत्सवस्थल पुगेर संघले उक्त रकम घोषणा गरेको हो ।उता बिनोद रानाभाट बचाउ अभियानको तर्फबाट रंगशाला निर्माणका लागि ११ लाख ११ हजार एक सय ११ रुपैँया सहयोग घोषणा भएको छ।
यस्तै भरतपुर महानगरपालिकाले रंगशालामा निर्माणका लागि बहुबषिर्य कार्यक्रम अन्तर्गत ५ करोड उपलब्ध गराउने भएको छ । महानगर प्रमुख रेणु दाहालले धनधान्यान्चलस्थल पुगेर उक्त घोषणा गरेकी हुन् ।
रंगशालामा निर्माणका लागि मकवानपुरको मनहरी गाँउपालिकाले गिट्टी,बालुवा र सालको काठ दिने घोषणा गरेको छ । सोमबार महोत्सव स्थलमा पुगेर गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि आवश्यकता अनुसार सय टिपर गिट्टी अथवा बालुवा र एक हजार क्यूफिट सालको काठ दिने घोषणा गरेका हुन् । उनले छिमेकी जिल्लामा यती ठुलो अभियान चलिरहदा मनहरी गाँउपालिका सहयोगको लागि जहिले पनि तयार रहेको बताए ।
यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । महोत्सवमा आज पनि भक्तजनहरुको घुँइचो लागेको थियो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्यान्चल महोत्सव शुरु भएको थियो । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका थिए । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker