दिपज्योती मल्टि सप्लायर्सको कालिका शाखा उद्घाटन, मोबाइल ल्यापटप पनि किस्ताबन्दीमा

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ क्लवचोकमा दिपज्योती मल्टि सप्लायर्सको कालिका शाखा उद्घाटन गरिएको छ । सप्लायर्सका संचालक ज्ञानेन्द्र प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघ कालिका इकाईका अध्यक्ष प्रकाश चन्द्र भट्टराईले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रकाश चन्द्र भट्टराई, स्थानीय समाजसेवी जनार्दन दाहाल, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, पत्रकार विपिन शर्मा, पत्रकार धुर्बराज लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सो सप्लायर्समा विभिन्न इलेक्ट्रिक तथा फर्निचरका सामानहरु नगद तथा किस्तावन्दीमा पाइने सप्लायर्सका संचालक ज्ञानेन्द्र प्रसाद दाहालले जानकारी दिए ।

सो सप्लायर्सबाट एल.जी., सामसुङ, कोन्का, सि.जी., भिबोस लगायत विभिन्न ब्राण्डका इलेक्ट्रिक सामानहरु खरीद गर्न सकिन्छ । फर्निचरका सम्पूर्ण सामग्रीहरु मोबाइल, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज, घडी लगायतका सम्पूर्ण सामग्रीहरु एकै स्थानमा पाइने भएकाले ग्राहकहरुले खरीद गर्न सहज हुने र बजार मूल्य भन्दा सुपथ दरमा समेत सामान उपलब्ध गराउने लक्ष्य रहेको संचालक दाहालले बताए । करिव १ करोडको लगानीमा संचालनमा आएको सो सप्लायर्स यस अगाडि रत्ननगरको बकुलहरमा पनि करिव ३ करोड रुपैयाको लगानीमा संचालन भइसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker