रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई यही फागुन ६ गते वालमैत्री वडा घोषणा गरिने

फागुन ३ गते ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई यही फागुन ६ गते वालमैत्री वडा घोषणा गरिने भएको छ ।

वालमैत्री वडा हुनका लागि आवश्यक ३९ वटा सवै सुचकहरु पुरा गरेपछि वालमैत्री घोषणा गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष हरिकुमार श्रेष्ठले वताए । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जन्मदर्ता,वालविवाह,संरक्षित वालवालिकाहरुको व्यवस्थापन,विद्यालय वाहिर रहेका विद्यार्थीहरुलाई नियमित गराउने,विद्यालयहरुमा वालमैत्री संरचना निर्माण गर्ने,वाल उद्यान निर्माण गर्ने लगायत सवै काम पुरा भएकाले वालमैत्री घोषणा गर्न लागिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा कुनै पनि वालवालिका श्रमिकका रुपमा कार्यरत छैनन् । वालमैत्री वडा घोषणाकै लागि जिल्ला समन्वय समिति,रत्ननगर नगरपालिका र वडा कार्यालयले वडा भित्रका विद्यालयको भवन निर्माण,परिसर निर्माणका लागि यो वर्ष ३१ लाख रुपैया भन्दा वढि रकम खर्च गरेको छ । वालमैत्री वडा घोषणाका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरि काम भईरहेको वडा सचिव वासुदेव रिजालले वताए । वालमैत्री वडा घोषणाका लागि तयारी स्वरुप शनिवारनै वडाका सरोकारवालाहरुसंग छलफल तथा राय संकलन गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker