रत्ननगर १४ वन्यो वालमैत्री वडा

फागुन ६ गते ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको छ । आवश्यक ३९ वटा सुचकहरु पुरा गरि वडालाई मंगलवार वालमैत्री घोषणा गरिएको हो । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा एक समारोहका बीच वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको थियो । प्रमुख अतिथि पूर्वअर्थमन्त्री पाण्डेले वडा अध्यक्ष हरिकुमार श्रेष्ठलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सवै वडावासी जिम्मेवार वन्नु पर्ने वताए । वालमैत्री घोषणासंगै चुनौती थपिएको छ पाण्डेले भने – कुनै पनि वहानामा वालवालिकाहरु शोषणको चपेटामा पर्नु भएन । पूर्वअर्थमन्त्री पाण्डेले सरकारी विद्यालयमा शिक्षाको चुनौती रहेको भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । निजी विद्यालय थपिदैछन्,सरकारी विद्यालय मर्ज हुदै घटिरहेका छन् उनले भने – शिक्षामा पर्याप्त लगानी छ सोही अनुसार गुणस्तर वृद्धी गरि सरकारी विद्यालयलाई नमुना वनाउन तर्फ लागौ । वालवालिकाको शिक्षा,घरवार विहिनलाई आवास,रोगीलाई उपचार र वृद्धहरुलाई भत्ताको व्यवस्था गर्दै कृषि,रोजगारी र व्यापारको विकास गर्न सके देश समाजवाद तर्फ उन्मुख हुने उनको भनाई थियो । कार्यक्रममा वागमती प्रदेश साँसद कृष्ण प्रसाद खनाल,पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,रत्ननगरका मेयर नारायण वन, नेकपा नगर सचिव ओम लामिछाने, नेपाली काग्रेश रत्ननगर सभापति रुपनराज घिमिरे, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,रत्ननगर वाल सञ्जालका सचिव सहज खनाल लगायतले मन्तव्य राखेका थिए । रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता दाहालले वालमैत्री वडा घोषणाका क्रममा भएका प्रगतिको प्रतिवेदन सार्वजनिक गरेकी थिईन् । घोषणा समारोह अघि जनजागृती माध्यमिक विद्यालयबाट झाँकीसहितको र्यालिका निकालिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker