रत्ननगर उद्योग वाणिज्य संघको स्तरोन्नती

चितवन, ०७ फागुन ।

पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघले ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । कार्यसम्पादनको आधारमा देशभरीको नगर उद्योग वाणिज्य संघहरुमा सर्वोत्कृष्ठ उद्योग वाणिज्य संघमा छनौट भएको रत्ननगर उद्योग वाणिज्य संघ क वर्गमा स्तरोन्नती भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक १५ गते बसेको पदाधिकारी समितिको बैठकले रत्ननगरलाई ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाद्वारा हस्ताक्षर गरिएको पत्रमा रत्ननगर उद्योग वाणिज्य संघले सम्पूर्ण मापदण्ड पुरा गरेकाले स्तरोन्नती गरिएको जनाइएको छ ।


गत कात्तिकमा निर्णय भएर रत्ननगर उद्योग वाणिज्य संघलाई स्तरोन्नती गरिएको भए पनि संघमा आधिकारिक रुपमा बुधबार मात्रै पत्र प्राप्त भएको संघका अध्यक्ष राजाराम रेग्मीले बताए । उनले ‘क’ वर्गको मान्यता प्राप्त गर्नु रत्ननगरका लागि ठूलो उपलब्धी भएको समेत बताएका छन् । ‘अब रत्ननगर उद्योग वाणिज्य संघको हैसियत चितवन उद्योग वाणिज्य संघको बराबर भएको छ’ रेग्मीले भने, ‘यसले चितवनकै उद्योग व्यवसायमा थप टेवा पु¥याउँछ ।’ रत्ननगर उद्योग वाणिज्य संघमा दुई हजार चार सय सदस्यहरु आवद्ध रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker