अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुँदै

काठमाडौं,
फागुन ९ ।

अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला यही फाल्गुण १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना गरिने र त्यसका लागि आवश्यक सम्पूृर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले निजी क्षेत्रले यति ठूलो कार्यक्रम गर्दैगर्दा पनि सरोकारवाला निकायले भने खासै सहयोगात्मक हात अगाडि नबढाए पनि साँस्कृतिक मेलालाई भव्य रूपमा सम्पन्न गरेर देखाउने अठोट व्यक्त गरे । ‘नवौं अन्तर्राष्ट्रिय मेला भव्य रूपमा सम्पन्न गरेको अनुभवले पनि दशौं मेला अझ भव्य रूपमा सम्पन्न गर्नेछौं’ संयोजक कोइरालाले भने । उनले उद्घाटन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा हुने पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुने मुलुकका सहभागीहरूले प्रस्तुत गर्ने लोक नृत्यका केही झलकहरू पनि प्रस्तुत गरिएको थियो । यसपटकको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरी ११ देशले सहभागिता जनाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ ः
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशकअघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्यमा भगीरथ प्रयास गर्दै आइरहेको छ । केही दशकयता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहनसक्ने सम्भावना बोकेको नेपालको अनौठो साँस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यहीे कटु यथार्थलाई मध्यनजर गर्दै लामो समयदेखि एभरेष्ट नेपाल कल्चरल ग्रुपले आफ्नै बलबुतामा भए पनि नेपालीे मौलिक संस्कृति झल्कने विविध कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आइरहेको जानकारी गराउन पाउँदा अपार खुसी लागेको छ ।
नेपाल जस्तो बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा, भेषभूषा र संस्कृति रहदै आएको सर्व्विद्दितै छ । नेपाली संस्कृतिप्रति स्वदेशीभन्दा विदेशीहरू बढी आकर्षित हुनु पर्यटन प्रबद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयम् नेपाली उदासिन हुनु दुःखलाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बेवास्ता गर्दै पाश्चात्य संस्कृतिमा रमाउन थालेको वर्तमान अवस्थामा आफ्नो संस्कृति प्रबद्र्धनका निम्ति केही उल्लेखनीय कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागि यस संस्थाले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई वर्षमा सांस्कृतिक मेलाको आयोजना गरी त्यस कार्यलाई निरन्तरता दिंदै आएको छ र यस क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउने लक्ष्य गरी यही २०७६ साल फागुन १६ गतेदेखि फागुन २५ गतेसम्म दशौँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला –२०७६ आयोजना गर्न गइरहेको व्यहोरा सगर्व प्रस्तुत गर्न चाहन्छौं ।
प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलादेखि नवौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलासम्म आइपुग्दा करिब ७५ भन्दा बढी देशका ४००० भन्दा बढी कलाकारहरूले आ–आफ्नो देशको मौलिकता झल्काउने झाँकीसहित विविध लोक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । आजको दिनसम्म आइपुग्दा यस संस्थाले विश्वका १०० भन्दा बढी अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरेको नेपाली लोक साँस्कृतिक कार्यक्रममार्फत विश्व समुदायमा नेपाली लोक संस्कृतिको पहिचान र प्रबद्र्धन गर्दैरगराउँदै आएको छ । निजी क्षेत्रबाट निरन्तर रूपमा यस किसिमको कार्यक्रम गरी नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउन प्रयत्नशील रहनु सामान्य कुरा पक्कै होइन ।
नेपाली संस्कृितको उत्थान तथा साँस्कृितक प्रर्यटन प्रबद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्नु दशौं साँस्कृतिक मेलाको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छौं । यदाकदा टेलिभिजनको पर्दामा मात्र विदेशी लोक सांस्कृतिक कार्यक्रम हेर्ने बानी भएका हामीहरूले मेला अवधिभरि आफ्नै घरआँगनमा नेपालको आफ्नै मौलिक पहिचानसहित विदेशी संस्कृतिलाई पनि नजिकबाट नियाल्ने अवसर पाउनुलाई हामीले गौरवको विषय हुने ठानेका छौं तथा यस सांस्कृतिक मेलाले नेपालको पर्यटन र संस्कृित प्रबद्र्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।
कुनै पनि मेला महोत्सव आयोजनाका निम्ति आर्थिक पाटोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । राष्ट्रिय गरिमा बोकेका यस्ता कार्यक्रममा नेपाली संस्कृतिको जगेर्ना गर्न गठित निकायहरूको नैतिक दायित्व हुनुपर्ने हाम्रो बुझाइ रहेको छ । तर त्यस्ता कुनै निकायहरूको रचनात्मक र भावनात्मक सहयोग र सहभागीता नभएको पूर्व अनुभवलाई ध्यानमा राखी यस संस्थाले स्थानीय आयोजकहरू र विभिन्न प्रायोजकहरूको सहयोगबाटै नौंवटा मेलाको सफलतापूर्वक आयोजना गरिसकिएको र आज हामी दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७६ पनि भव्यतापूर्वक सम्पन्न गराउन ऊर्जाशील भएर लागिपरेका छौं । नेपालको पर्यटन प्रबद्र्धनमा सहयोगी सिद्ध हुने यस्ता कार्यक्रमा तपाईं पत्रकार साथीहरूको रचनात्मक र भावनात्मक संलग्नता भएमा आगामी दिनमा सम्बन्धित निकायहरूको पनि ध्यानाकर्षण हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
देशको चौथो अङ्गको रूपमा स्थापित पत्रकारिता जगत्का भरपर्दा संवाहकका रूपमा परिचित सम्पूर्ण पत्रकार साथीहरुलाई मेला अवधिभर मेलाको समाचार सामग्रीहरू सम्प्रेसण गरी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइदिनुहुन समेत आयोजक संस्थाको तर्फबाट विनम्रतापूर्वक अनुरोध गर्दछौं ।
नेपाल भ्रमण वर्षको सुरुवातमै, पहिलो गाँसमै ढुङ्गा भनेझैँ, एकातिर कोरोना भाइरसले विश्वलाई त्रसित बनाएर पर्यटक आगमनमा प्रभाव परिरहेको छ भने अर्को्तिर केही समय अगाडि ८ जना भारतीय पर्यटकहरूले होटलको कोठामा सुतेकै अवस्थामा ज्यान गुमाउनु परेको दुःखद् घटनाले नेपाल भ्रमणमा नकारात्मक सन्देश दिइरहेको हुन सक्ने विषम अवस्थामा पनि एभरेष्ट नेपाल कल्चरल गु्रपले आयोजना गर्दै गरेको यस अन्तर्रा्ष्ट्रिय लोक साँस्कृतिक मेलाले विश्वसामु केही मात्रामा भए पनि ‘नेपाल घुम्नको लागि सुरक्षित छ’ भन्ने सन्देश पुग्ने आशा राखेका छौं, जसले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि केही हदसम्म टेवा पुग्ने कुरामा हामी विश्वस्त छौ ।
यसपटकको महोत्सव काठमाडौं, ललितपुर, पोखराजस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गर्न गइरहेकोे जानकारी गराउन चाहन्छौं । ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गरिनाले हाम्रा ऐतिहासिक धरोहरहरूको सम्बद्र्धन र दीर्घकालीन संरक्षणमा प्रत्यक्ष वा परोक्ष रूपमा टेवा पुग्ने कुरामा हामी आशावादी छौं । यसबाट देशको विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचार–प्रसार हुन सक्ने आशा राखिएको छ ।
दशौं अन्तर्राष्ट्रिय मेलामा इस्टोनिया, मेक्सिको, बङगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट र नेपाल लगायतका राष्ट्रबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दा बढी कलाकारहरूले भाग लिने निश्चित भैसकेको व्यहोरा पनि अवगत गराउन चाहन्छौं तथा त्यसको लागि आवश्यक सबै पूर्व तयारी पनि पूरा भइसकेको जानकारी गराउन चाहन्छौं ।
दशौं साँस्कृतिक महोत्सव अवधिभर कलाकारहरूले आ–आफ्नो संस्कृति झल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य पस्तुत गर्ने जानकारी गराउन चाहन्छौं । यसैबीच विदेशी कलाकारहरू काठमाडौ आसपासका विद्यालयमा गई आ–आफ्नो साँस्कृतिक नृत्य प्रस्तुत गर्ने र स्थानीय विद्यालयका विद्याथीहरूले समेत आ–आफ्नो विद्यालयको तर्फबाट साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ । यस किसिमको साँस्कृितक आदान प्रदानले विद्यार्थीमा आफ्नो लोक संस्कृतिप्रति अभिरूचि बढ्नुका साथै अरू देशको पनि लोकपरम्परा बुझ्ने अवसर प्राप्त हुने विश्वास लिएका छौं ।

अन्त्यमा,
यस मेलाको तयारीका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु(याउने साथै सहकार्य गर्ने सञ्चार गृहहरू एवं पत्रकार साथीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, स्थानीय आयोजक, स्वंय सेवक सदस्यहरू साथै सम्पूर्ण शुभचिन्तकहरूप्रति एभरेष्ट नेपाल कल्चरल गु्रप अन्तरहृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछ । धन्यवाद ।

दशैँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७६
आयोजक
एभरेष्ट नेपाल कल्चरल गु्रप

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker