प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने

फागुन १० ।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा बाँकी केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ ।

महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पौडेल र महोत्सवका सचिवालय संयोजक एवम् समितिका सचिव बाबुराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा महोत्सव १६ गतेदेखि मात्रै सुरु हुने उल्लेख गरिएको छ । मूल संयोजक पौडेलले महोत्सवको मिति सरेका कारण महोत्सवमा आकर्षणको रुपमा जनजातिको साँस्कृतिक घर, बीस हजारी ताल, मालिका मन्दिर निर्माण गरिने बताए । त्यस्तै चर्चित ¥यापर भिटेन, बाल नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता समेत महोत्सवमा थप गरिएको उनको भनाइ छ ।

भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवमा पोल्ट्री, केरा, माछा, दूध लगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । फागुन १६ देखि सुरु गरेर महोत्सव २५ गतेसम्म जारी रहने सचिवालय संयोजक बाबुराम गैरेले बताए ।

सो महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाको गरि २५० भन्दा बढी स्टल रहने गैरेले बताए । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने उनले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पोल्ट्री जन्य उत्पादन तथा उपकरणका स्टलहरुलाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामुहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker