नेपाली काँग्रेस चितवनले वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग गर्‍यो आग्रह

चितवन
नेपाली काँग्रेस चितवनले माडीबासीको माग सम्बोधन गर्दै आमरण अनसनरत माडी १ का वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आज ९शनिबार० सभापति जित नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस चितवनले माडीबासीको माग सम्बोधनआमरण अनसनरत माडी १ का वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।

निकुञ्ज तथा वन संरक्षण ऐनमा शंसोधनको माग गर्दै आमरण अनसनरत माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले स्थानियको समस्या समाधान गर्न काँग्रेस चितवनले सरकारसँग आग्रह गरेको हो ।

‘बिभिन्न माग राखी अनसनरत नेपाली काँग्रेसका स्थानिय नेता एवं माडी नगरपालिका वडा न १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य कमजोर बन्दै गईरहेको हुँदा जनसमुदायको समस्या प्रती सरकारकै अग्रसरतामा समस्या समाधान गरी अनसनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग समक्ष जोडदार माग गर्दछौ’ – जारी विज्ञप्तीमा भनिएको छ । यस्तै काँग्रेस चितवनले माडीबासीको माग प्रती सरकार गम्भिर नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।

काँग्रेस चितवनले माडीबासीको तर्फबाट आमरण अनसनरत वडाध्यक्षको मागप्रति सरकार गम्भिर नभएको भन्दै आज दिउँसो एक घण्टा चक्का जाम गरेको थियो । अनसनस्थल माडी नगरपालिका एकको वडाकार्यालय अगाडिको हुलाकी सडकमा एक घण्टा चक्का जाम गरेको थियो ।
निकुञ्ज ऐन २०२९ संसोधन गर्नु पर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने,मानव र वन्यजन्तुको द्वन्द निवारणका लागि ठोस् रुपमा वन र मानव बस्तीबीच वैज्ञानीक संरचना बनाउनुपर्ने रिउ खोला करिडोरको निर्माण व्यवस्थित गर्नु पर्ने, लागत तथा उत्पादनको आधारमा क्षेतीपुर्नी व्यवस्था गर्नु पर्ने लगायतको माग राख्दै वडाध्यक्ष पौडेल ४ दिनदेखी आमरण अनसनमा रहेका छन् ।
अनसन बस्ने घोषणा गरेका मेयर ठाकुर प्रसाद ढकाल पछी हेटपछी पौडेलले माडीबासीको तर्फबाट अनसन शुरु गरेका हुन् । निकुञ्ज तथा वन संरक्षण ऐन संसोधन नभएसम्म माडीले बिकासको गती लिन नसक्ने भन्दै उनले अनसन शुरु गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker