यात्रा ग्रुप भरतपुरको अध्यक्षमा पुन: कृष्ण कार्की

 चितवन ।

यात्रा ग्रुप भरतपुरको अध्यक्षमा पुन: कृष्ण कार्की चयन भएका छन् । ग्रुपको शुक्रबार सम्पन्न पहिलो अधिबेशनले कार्कीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तोष कुमाल चयन भएका छन् । सचिवमा ध्रुब घिमिरे, कोषाध्यक्षमा सन्जोक गुरुङ र सह सचिवमा मनोज खड्का चयन भएका छन् । यस्तै सदस्यहरुमा शिशिर श्रेष्ठ, अरुण भण्डारी, इच्छुक ढकाल र शंकर आचार्य रहेका छन् । यस्तै ग्रुपले शुक्रबार नै संरक्षक तथा सल्लाहकर पनि चयन गरेको छ । ग्रुपको संरक्षकमा सुदिप सिंह अधिकारी र डा. भोजराज अधिकारी रहेका छन् भने सल्लाहकारहरुमा अनुप थापा, राजकुमार रावल, ध्रुब केसी, किरण गुरुङ र अस्मिन घिमिरे रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker